भोटेकोशीमा जोखिम घट्यो, पहिरो खस्ने क्रम जारी रहेकोले सतर्क रहन आग्रह
प्रकाशित २०७४ साउन ९ सोमबार
507
Shares
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको लार्चा पुलमा खसेको पहिरोले भोटेकोशी थुनिएको भन्ने ककुरा सत्य नरहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ । अहिले लाचाए पुल भाँचिएपछि त्यहाँको सडक अबरुद्ध रहेको भएपनि त्यहाँ नदी थुनिएको भन्ने विषयमा भने सत्यता नरहेको घटनास्थलमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक नारायण बहादुर विश्वकर्मालाई उदृत गर्दै विभागले जनाएको छ ।
पहाडबाट खसेका ठूलाठूला चट्टानहरुले पुललाई पूर्ण रुपमा क्षति पुर्याएको छ । अहिले नै भोटेकोशी नथुनिएको र सुख्खा पहिरो चलिरहेकोले नदी थुनिन सक्ने भन्दै सबैलाई सतर्क रहन पनि विभागले आग्रह गरेको छ । उक्त क्षेत्रमा सोमबार दिउँसो पनि हल्का बर्षाहुने सम्भावना समेत देखिएको छ । त्यसैले पनि आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।