arrow

चिनियाँ सेनाको भारतलाई धम्की, कुनै पनि हालतमा गर्नेछौ संप्रभुताको रक्षा

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
china_who.jpeg

एजेन्सी । सिक्किम क्षेत्रको डोकलाममा भारतसँग सैन्य बिवादबीच चीनले भारत माथि दबाव दिने प्रयत्न गरिरहेको छ । चीन सरकारपछि चिनियाँ सेनाले डोकलामलाई लिएर धम्की दिएको हो । चिनियाँ सेनाले सोमबार जारी गरेको विज्ञाप्तिमा डोकलामबाट भारतको सेना पछि नहटे चीनतको तर्फबाट तैनाथ सैनिकको संख्यामा बृद्धि गर्ने बताएको छ  ।

 डोकलामलाई लिएर भारत र चीनबीच करिब ६ हप्ता देखि बिबाद चलिरहेको छ । चिनियाँ सेनाले विज्ञाप्ति जारि गर्दै दबाव दिएको यो पहिलो पटक हो  ।  सेनाले आफ्नो संप्रभुताको रक्षाको लागि कुनै कसर बाकी नराख्ने बताएको छ । पिपुल्स लिवरेशन आर्मी (पीएलए) ले भारतलाई धम्कि दिदै कुनै पनि मुल्यमा संप्रभुताको रक्षा गर्ने बताएको छ ।

चिनियाँ रक्षा मंत्रालयका प्रवक्ता वू कियानले एउटा पत्रकार सम्मेलनमा, "एउटा पहाडलाई हल्लाउन सजिलो , तर पिपुल्स लिवरेशन आर्मीलाई हल्लाउन निकै कठिन ।" भनेका छन् । उनले चीन आफ्नो क्षेत्र र संप्रभुताको रक्षा गर्नको लागि आफ्नो क्षमता 'लगातार मजबूत' गरिरहेको बताए ।

आफ्नो ९० औँ वर्षगांठको ९ दिन पहिले एक विशेष सम्मेलनमा पीएलएले डोकलाम माथि एउटा कडा सन्देश दिएको छ । पीएलएको तर्फबाट डोकलाममा तैनाथ सेनाको संख्या बढाउने बताएको छ । राष्ट्रिय रक्षा मंत्रालयका प्रवक्ता वरिष्ठ कर्नल वू कियानले पछिल्लो ९० बर्षमा पीएलएको इतिहास संप्रभुता र क्षेत्रीय अखंडताको रक्षाको लागि हाम्रो संकल्प, क्षमतालाई साबित गरेको छ भनेका छन् ।

पीएलएले थप सो घटनाको जवाफमा एक "आपातकालीन प्रतिक्रिया" को रुपमा उक्त क्षेत्रमा र  अधिक चिनियाँ सेना थप्न सक्ने बताएको छ  । यसका साथै वरिष्ठ कर्नल वू कि़आनले रक्षा मंत्रालयका प्रवक्ताले डोकलामको पठारमा चीनले निर्माण गरिरहेको सडकको पक्षमा आफ्नो तर्क राखे । डोकलामलाई डोंगलंगको नामले पनि चिनिने गरेको छ ।

कि़आनले भने , "जूनको मध्यमा , चिनियाँ सेनाले एउटा सडक निर्माणको जिम्मेवारी लिएको थियो । डोंगलंग चीनको क्षेत्र हो र चीनले आफ्नो क्षेत्रमा सडक निर्माण गर्नु सामान्य कुरा हो ।  यो चीनको  संप्रभुताको कार्य हो र वैध पनि छ । भारतले चीनको क्षेत्रमा घुस्नु परस्पर मान्यता प्राप्त अंन्तर्राष्ट्रीय सीमाको गम्भीर उल्लंघन हो र यो अन्तर्राष्ट्रीय कानूनको बिपक्षमा छ । हामि आफ्नो संप्रभुताको रक्षा कुनै पनि मुल्यमा गर्नेछौ ।"

वरिष्ठ कर्नल वूले भने, "हामि भारतसँग दृढता पूर्वक आग्रह गर्दछौ कि उसले आफ्ना सेना दुवै देशको सीमा रेखाबाट फिर्ता बोलाओस् । यहि समस्या सामाधान गर्ने उपाय हो । शान्ति र सीमावर्ती क्षेत्रहरुको सुरक्षा दुवै चिनियाँ र भारतीय जनताहरुको हितमा रहेको छ। हामि  दृढताका साथ आग्रह गर्दछौ कि भारत आफ्नो गल्तिलाई सुधार गरोस् र आफुलाई उक्साउने कामलाई समाप्त गरोस् । र संयुक्त रूपले सीमावर्ती क्षेत्रहरुमा शान्ति र स्थिरता कायम राख्न चिनियाँ पक्षसँग मिलेर काम गरो्स । "



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ