कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका उत्तरी क्षेत्र चुरकोे फेदमा पर्यटकीय क्षेत्रका रुपमा रहेको भम्केनी धाममा शिव पुराण (श्रावणी मेला) सुरु भएको छ । सिद्धनाथ बैजनाथ धार्मिक तपस्याली क्षेत्र विकास समितिको आयोजनामा सोमबारदेखि श्रावणी मेला सुरु भएको हो ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले मेलाको उद्घाटन गर्दै नगरको धार्मिक पर्यटकीय विकासका लागि आफु प्रतिबद्ध रहेको आश्वासन दिएका छन् ।
कार्यक्रममा भीमदत्त नगरका उप प्रमुख शुशिला चन्द सिहले धर्म संस्कृतिको लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउदै भम्केनी धामको धार्मिक तथा साँस्कृतिक विकासकालाई नगरपालिकाले प्राथमिकतामा राख्ने बताए ।
कञ्चनपुर धार्मिक पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले त्यसको विकासका लागि समितिले मेला लगाएको बैजनाथ धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष हरि रावलले बताए ।
अध्यक्ष रावलका अनुसार यस बर्ष साउन महिनामा चार सोमबार परेकाले धार्मिक रुपमा राम्रो साईत भएकाले मेला आयोजना गरिएको बताए ।
जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि झण्डै ८ किलोमिटर उत्तरी चुरेको फेदमा रहेको धाम प्रचार प्रसार र भौतिक पुर्वाधार नहुँदा ओझेलमा परेको स्थानीयको गुनासो छ ।
मेला साउन १९ गते समापन गरिने छ । मेलाबाट यस क्षेत्रको धार्मिक पर्यटकिय विकासमा योगदान पुग्ने आयोजकको दावि छ ।
स्थानीयले भम्केनी क्षेत्रलाई यथाशिघ्र धार्मिक क्षेत्र घोषणा गर्न समेत आग्रह गरेका छन् ।
सिद्धनाथ बैजनाथ धार्मिक तपस्याली क्षेत्र विकास समितिका अध्यक्ष हरि रावलले कञ्चनपुरकै धार्मिक पर्यटकिय क्षेत्र भम्केनीलाई धामकै रुपमा विकसित गराउनुपर्नेमा जोडदिएका छन् ।