arrow

मोदीको 'बर्थ-डे डिप्लोमेसी'ले सि जिङपिङको मन पग्लिएन 

logo
प्रकाशित २०७४ साउन १० मंगलबार
modi-jinping.jpg

काठमाडौं । दोक्लाममा झण्डै एकमहिनादेखि सीमा विवाद चलिरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सि जिङपिङ र प्रधानमन्त्री ली किक्वाईङ लाई जन्मदिनको शुभकामना दिएको विषय सार्वजनिक भएको छ । गत जुन १५ गते चिनियाँ राष्ट्पति सि जिङपिङको  जन्मदिनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको जन्मदिनको शुभकामनालाई भारतीय सञ्चारमाध्यमहरुले 'बर्थ-डे डिप्लोमेसी' भनेका छन् । मोदीले चिनियाँ सामाजिक सञ्जाल सिनो वाईवोमा राष्ट्रपति सीलाई जुन १५ मा र प्रधानमन्त्री ली किक्वाईङलाई जन्मदिनको शुभकामना दिएका थिए । 

सोमबार चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले भारतलाई अनावश्यक दुष्प्रचार नगर्न चेतावनी दिँदै मोदीको ट्वीटको विषय समेत सार्वजनिक गरेका थिए । भारतीय सञ्चारमाध्यमहरुले मोदीको 'बर्थ-डे डिप्लोमेसी'ले काम गरेको प्रचार सुरु गरेका छन् । जुलाई २७ देखि चीनमा सुरु हुन लागेको व्रिक्सको राष्ट्यि सुरक्षा परिषद्को बैठकको क्रममा सीमा विवादको विषयमा चिनियाँ र भारतीय पक्षबीच छलफल हुने सम्भावना रहेको जनाएका छन् । 

तर, चीनले भने सो बैठकमा भारतसँग डोक्लामको विषयमा छलफल हुने सम्भावना कम रहेको बताउँदै आएको छ । त्यसैले मोदीको 'बर्थ-डे डिप्लोमेसी'ले सि जिङपिङको मन अहिलेसम्मको घटनाक्रममा पग्लिएको छैन । तर, अबको केही दिनमा पग्लिने हो कि नपग्लिने हो भन्नेबारे भने बताउन सक्ने अवस्था छैन । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ