राजपा निर्वाचन होइन संबिधान संसोधन चाहान्छ : अध्यक्ष ठाकुर
प्रकाशित २०७४ साउन १० मंगलबार
378
Shares
भक्तपुर। राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले यथास्थितिमा तेस्रो चरणको निर्वाचनमा आफूहरु सहभागि नहुने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संबिधान संशोधन आफूहरुको प्रमुख एजेन्डा भएकाले त्यसको पूर्णता बिना यथास्थितिमा आफूहरु निर्वाचनमा सहभागि नहुने बताए ।
अध्यक्ष ठाकुरले हाल संविधान संशोधनका लागि सत्तापक्षले दुई तिहाई मत पुर्याउन लागेता पनि एमाले बिगत देखिनै आफूहरुको मागको बिपक्षीमा रहेकोले संविधान संशोधनले पूर्णता पाउन नसकेको बताए। आफूहरुका मागका बारे सरकारले जहिले पनि स्पष्ट ब्यवहार देखाउन नसकेको आरोप लगाउँदै अध्यक्ष ठाकुरले भने , सरकारले आफूले गरेको बाचाहरु पुरा नगर्दा समस्या झनै सुल्झिनु भन्दा बल्झँदै गएको छ ।
अध्यक्ष ठाकुरले सरकारले आफ्नो दलले भाग नलिए पनि आफ्ना कार्यकर्ताहरुमाथि दमन गरि पहिलो र दोस्रो चरणको निर्वाचन गरेकाले अब तेस्रो चरणको निर्वाचन पनि दमन शैली अपनाइएर गर्ने बताए । उनले तराईमा आफ्नो निहत्था कार्यकर्ताहरुमा सरकार पक्षबाट धरपकड भइरहेको भन्दै यस्ता गतिबिधि तत्काल बन्द गर्नु पर्ने र तराई आन्दोलनमा घाईतेको उपचार, जेलमा भएकाहरुलाई तत्काल रिहा गर्नु पर्ने तर्फ सरकारले ध्यान नदिएको आरोप लगाए।
जनसंख्याका आधारमा मधेशको प्रतिनिधिसभा र राष्ट्रिय सभामा उपस्थिति रहनु पर्ने भन्दै यतातर्फ समेत सरकारको ध्यान जान नसकेको भन्दै गरिएका सम्झौता र प्रतिबद्धता पुरा गर्न नसकेको उनले बताए ।