arrow

ब्रिक्स सम्मेलनमा चीनले डोक्लाम विवादबारे अजित डोभलसँग वार्ता नगर्ने, सर्त पुरानै 

logo
प्रकाशित २०७४ साउन १० मंगलबार
india_sikkim_china1.jpg

काठमाडौैं । दुई दिन पछि चीनमा हुने ब्रिक्स सुरक्षा सल्लाहकारहरुको बैठकमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँगको भेटमा डोक्लाम विवादको विषयमा कुराकानी नगर्ने बताएको छ । भारतीय सञ्चारमाध्यमहरुले अजित डोभेलको भेटपछि भारत चीन तनाव अन्त्य हुने दाबी गरिरहेको बेला चीनको ग्लोबल टाईम्सले भने आफ्नो सम्पादकीयमा डोेभलको चीन यात्राले डोक्लाम विवादको विषयमा चीनले आफ्नो पूर्वशर्त पूरा नभएसम्म कसैसँग पनि वार्ता नगर्ने बताएको हो । उसले डोभेलको चीन आगमनले केही प्रभाव नपार्ने स्पष्ट पारेको छ । 

सोमबार चीनले नै ब्रिक्स बैठकको अलावा डोभल तथा चिनियाँ समकक्षीसँग भेटघाट हुने संकेत गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका थिए । सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतको नाम उल्लेख नगरी ब्रिक्स बैठकको समयमा अतिथी देशका प्रतिनिधिमण्डलसँग द्विपक्षीय सम्बन्ध व्रिक्समा सहयोग लगायतको विषयमा छलफल गर्नको लागि तयारी भईरहेको बताएका थिए । 

तर, मंगलबार प्रकाशित लेखमा त्यहाँ भेटघाटको सम्भावना नरहेको बताइएको छ । ग्लोवल टाईम्स चिनियाँ सरकारी सञ्चारमाध्यम र विदेश नीतिको बारेमा चीनको सरकारी धारणा सार्वजनिक गर्ने सञ्चारमाध्यम हो । 

सम्पादकीयको सुरुवातमा नै भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रिक्स बैठकमा सहभागी हुनको लागि चीन आउन लागेको भन्दै वर्तमान समयमा चीन तथा भारतको सेनाकाबीचमा जारी टकरावको मुख्य डिजाईनरको समूहमा डोभालपनि सामेल रहेकोे बताउँदै चीनसँग कसैको पनि दुईपक्षीय गतिरोध अन्त गर्नको लागि भारतले अहिलेको स्थानबाट सेना फिर्ता लैजानै पर्ने अडान दोहोर्याएको छ । 

सम्पादकीयमा लेखिएको छ चिनियाँ पक्ष भारतीय पक्षसँग कुनै छलफल गर्नेछैन जबसम्म उनीहरुको सेना विना कुनै शर्त डोक्लामको विवादित क्षेत्रबाट पछि हट्दैन । सम्पादकीयमा भारतले अहिले भ्रम बोकेको भन्दै आफ्नो भ्रम भारतले हटाउनै पर्ने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ