arrow

कोरिया भाषा परीक्षामा बाह्र हजारभन्दा बढी उत्तीर्ण

logo
प्रकाशित २०७४ साउन १० मंगलबार
eps-korea.jpg.jpeg

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया जान गत जेठमा लिइएको भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तीर्ण भएका छन् ।

मानव संसाधन विभाग कोरियाले लिएको परीक्षामा १२ हजार १ सय ८ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग नेपालअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ ।

उत्तीर्ण भएका उम्मेदवारले स्वास्थ्य परीक्षण, प्रहरी प्रतिवेदनलगायतमा सफलता प्राप्त गर्नुपर्ने शाखाले जनाएको छ । यसरी उत्तीर्ण भएकाहरु कोरिया जाने निश्चित भने हुँदैन । उत्तीर्ण भएकालाई प्रतीक्षा सूचीमा राखी कोरियाबाट आएको मागका आधारमा मात्रै उनीहरुलाई पठाउने गरिन्छ ।भाषा परीक्षाका लागि ७५ हजार ६ सय जनाले आवेदन दिएकामा गत जेठमा भएको परीक्षमा ६८ हजार मात्रै परीक्षार्थी सहभागी भएका थिए । रासस


नामावली यहाँ हेर्ने
उत्तीर्ण भएकाको नामावली www.mole.gov.np, www.eps.go.kr मा हेर्न सकिने शाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ