arrow

नेपाली 'आकाश' इयुको कालो सूचीबाट हटाउन पहल

logo
प्रकाशित २०७४ साउन १० मंगलबार
can_air.jpg

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले युरोपेली सङ्घ इयुको हवाई सुरक्षा ‘कालोसूची’ हटाउन पहल थालेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को गम्भीर सुरक्षा चासो सूची (एसएससी)बाट मुक्त भएलगत्तै क्यानले इयुको कालो सूचीबाट पनि मुक्त गराउन पहल थालेको हो ।

आइकाओले सन् २०१३ (२०६९–०७०) देखि नेपालमाथि लगाएको एसएससीलाई यही २० जुलाई २०१७ (२०७४ साउन ०५)मा औपचारिक रुपमा हटाएको थियो ।

क्यानको प्रगति प्रतिवेदनका आधारमा इयुलाई यही साता पत्राचार गरिने क्यानका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । “हामीले एक–दुई दिनभित्रै प्रगति प्रतिवेदन पठाउछौँ, तर त्यसैको आधारमा निर्णय हुँदैन । आगामी नोभेम्बर (कात्तिक)मा बस्ने इयुको हवाई सुरक्षा समिति (सेफ्टी कमिटी)को बैठकले निर्णय गर्छ,” उनले भने ।

इयुका २६ वटै राष्ट्रका प्रतिनिधि सहभागी रहने समितिको बैठक शक्तिशाली फोरम मानिन्छ । त्यसबाट निर्णय भएपछि मात्र नेपाल इयुको कालो सूचीबाट हट्नेछ । आइकाओको सुरक्षा सूचीमा परेलगत्तै इयुले पनि नेपाललाई कालो सूचीमा राखेको थियो ।

नेपाल २०७० मङ्सिर २० देखि इयूको कालो सूचीमा छ जसका कारण नेपाली वायु सेवालाई युरोपको आकासमा उडान गर्न प्रतिबन्ध लागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ