arrow

फोरम नेपालको बैठकमा नयाँ शक्तिसँगको एकताबारे चर्चा हुने

logo
प्रकाशित २०७४ साउन १० मंगलबार
samajbadi.JPG

काठमाडौं । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठक बुधबारदेखिसुरु हुँदैछ । काठमाडौंको सिनामंगलमा बस्ने तीन दिने बैठकमा वर्तमान राजनीतिक परिवेश र पार्टीको आन्तरिक सांगठनिक स्वरुपबारे छलफल हुने फोरम नेपालकी राजनीतिक समिति सदस्य रेखा यादवले जानकारी दिइन् ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको सम्पन्न निर्वाचनमा पार्टीको भूमिका, अवस्था र निर्वाचन परिणामबारे समिक्षा एवं छलफल हुनेछ । यसैगरी, स्थानीय तहको तेस्रो चरण अन्तर्गत आगामी असोजमा हुने दुई नम्बर प्रदेशको चुनावको लागि नयाँ रणनीति बैठकले तय गर्ने यादवले बताइन् ।  

यसअघि विभिन्न पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेशका नेता तथा फोरम नेपालसँग एकीकरण गरेका दलीय नेतृत्वलाई दिइएको पदीय भूमिकालाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ ।

यसैगरी, संघीयता, गणतन्त्र र परिवर्तनका लागि विभिन्न समयमा भएको आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै मुलुकमा एउटा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने दिशातर्फ अग्रसर रहेको फोरम नेपालले यसबीच नयाँ शक्ति पार्टीसँग जारी राखेको पार्टी एकीकरणको एजेन्डाको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ