arrow

मुम्बईमा भवन भत्किदा सत्र जनाको मृत्यु

logo
प्रकाशित २०७४ साउन ११ बुधबार
buliding-collapse-india.jpg

मुम्बई । मङ्गलबार मुम्वइको पाँच तले भवन भत्किदा  मृत्यु हुनेको  सङख्या १७ पुगेको छ।

मङ्गलबार सम्म उद्धारकर्मीले भवनको भग्नावशेषबाट १७ जनाको शव निकालेको समाचारमा जनाइएको छ।

मुम्बईको विपद व्यवस्थापन सम्बन्धी कार्यालयका प्रवक्ता तनाजी काम्बलेका अनुसार  १७ जनाको शव निकालिएको र अरु  जनालाई जिवीतै उद्वार गरी निकालिएको जनाइएको छ। 

भत्किएको भग्नाबशेषबाट निकालिएका २८ जनामध्ये अधिकांशको अवस्था गम्भीर छ । गम्भीर घाइते र अचेत अवस्थामा रहेका उनीहरुलाई उपचारको लागि अस्पताल भर्ना गरिएको  जनाइएको छ। उक्त घटनामा ३० जनाभन्दा बढी ब्यक्ति फसेको अनुमान गरिएको छ।  उद्धारको प्रयास जारी रहेको बताइएको छ। 

मुम्बईको अग्नि नियन्त्रण कार्यायलका एक अधिकारी पि रहाङदेलका अनुसार यस दुर्घटनाको उद्वारकार्य मङ्गलबारदेखि बुधबार बिहानसम्म निरन्तर रहेको र जिवीतै उद्वारको आशमा उद्वारकर्मीहरु  खटेका थिए । 

भारतमा यसरी भवन भत्किएर हुने दुर्घटना पछिल्लो समय सामान्यजस्तै बन्दै गएको छ । भारतको भौतिक संरचना निर्माण विज्ञले भवन बनाउने क्रममा भवन निर्माण नियमलाई पालना नगर्नुका साथै गुणस्तरीय सामग्रीको कम प्रयोगका कारण भवन भत्किने गरेका बताएका छन् । 

भारतको मुम्बई सहरमै सन् २०१३ र २०१५ मा समेत भवन भत्किएर ७० जना भन्दा बढीको ज्यान गएको थियो । सरकारले यस्ता दुर्घटनाहरुको अनुसन्धान गरी कारबाही गर्न आदेश दिने गरेको भए पनि पुराना भवनहरुका कारण यहाँ बारम्बार यस्तो दुर्घटना हुने गरेको छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ