बाँदर र बाघको मित्रता बुझन सकिएन : नारायणमान बिजुक्छें
साँसद खरिदबिक्रि नभए संसोधनले पूर्णता पाउदैन
प्रकाशित २०७४ साउन ११ बुधबार
614
Shares
भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले दूई बिपरित धारका पार्टीहरुको मेलबाट बनेको नेकपा माओवादी केन्द्र र काँग्रेसको गठबन्धनको सरकार बाँदर र बाघको मित्रता जस्तै भएकोले यी दुई पार्टीबीचको पछिल्लो मित्रता नेपाली राजनीतिमा बुझन नसकिएको बताएका छन् । रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले सो कुरा बताएका हुन् ।
साथै बिजुक्छेंले साँसद खरिदबिक्रि नभए संबिधान संसोधनले पूर्णता नपाउने बताए । संशोधनको बिषय जति उठान गरे पनि सांसदको खरिद बिक्रि नभए त्यसले पूर्णता पाउन नसक्ने भन्दै यदि संबिधान संसोधन भइहाले त्यो देशकै लागि घातक सावित हुने बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिगतमा भनेझै भारतले नेपालको सानो सानो बिषयमा समेत हस्तक्षेप गरिरहेको उनले खुलासा गरे। उनले भारतले कार्यालय सहायक देखि लिएर देशका महत्वपूर्ण पदका साथै रोटी बेटीको सम्बन्ध देखाएर तराइका बिभिन्न पारीवारीक घटनाहरुमा समेत हस्तक्षेप गरेको भन्दै त्यसालाई साथ दिने काम सरकार र महत्वपूर्ण पदमा रहेकाहरुले सहयोग गरिरहेको खुलासा गरे।
भारत र चीनको सिमाका बिषयलाई लिएर जसरी आआफूले स्ट्यान लिइरहेका छन् त्यसबाट नेपाल सरकारले सिक्नु पर्ने भन्दै नेपाल र नेपालीको सुरक्षाका लागी रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भूमिका नदेखिएको उनले बताए ।
स्थानिय तहको निर्वाचन अघि जसरी नेपाली राजनीतिज्ञहरुले नेपालीलाई नबुझाई सिंहदरवारको अधिकार गाउँ गाउँमा भन्ने नार लगाए हाल यो नै सिंहदरबारका कर्मचारी र नेताहरुका लागि टाउको दुखाई बनेको बिजुक्छेंले टिप्पणी गरे।
उनले वर्तमान सरकार निमार्णको प्रक्रिया ढिलाई हुनुमा आर्थिक चलखेल रहेको र कसरी कुन मन्त्रालायबाट मन्त्री बन्दा आफ्नो पार्टीले लाभ लिन सक्छ भन्ने खेलकै कारण वर्तमान सरकारले पूर्णता पाउन नसकेको बताए ।
कार्यपालिका, न्यायापालिका र व्यवस्थापीकाको विवाद बढ्नुको पछाडी सबैले आफनो मर्यादा विर्सनु नै प्रमुख कारण रहेको उनले बताए ।