काँग्रेस वरिष्ठ नेता पौडेल र जापानी सांसदबीच भलाकुसारी
प्रकाशित २०७४ साउन १२ बिहिबार
560
Shares
काठमाडौँ । जापानी प्रतिनिधिसभाका सांसद युकी नाकागावाको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग बुधबार काँग्रेस केन्द्रीय कार्यालयमा भेट गरेको छ ।
सो भेटमा दुई देशबीच रहेको सम्बन्ध एवम सहयोग विस्तार तथा लगानी प्रवद्र्धनका विषयमा कुराकानी भएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले बताए । रासस