arrow

त्रिशूली नदीले ट्रक निल्यो, चालक बेपत्ता

logo
प्रकाशित २०७४ साउन १२ बिहिबार
accident-final.jpeg

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरिक्षक कृष्ण सापकोटाका अनुसार बा ४ ख ५१४६ नं को ट्रक त्रिशूली नदीमा खसेर हराइरहेको छ । 

बिहानी पम्पको मोडमा पुगेपछि सो ट्रक सडकबाट करिब ४० मिटर तल त्रिशूलीमा खसेको हो । ट्रक चालक काले दमै रहेको र दुर्घटनास्थल नजिकै पसलमा खाजा खाएर गाडी चलाएको पाँच मिनेटमै गाडी त्रिशूलीमा खसेको स्थानीय पुरुषोत्तम रिमालले जानकारी दिए । ट्रकमा कति मानिस थिए भन्ने खुल्न सकेको छैन । 

वर्षाका कारण त्रिशूलीमा पानीको बहाव बढेकाले ट्रक र चालकको अवस्था अज्ञात रहेको छ । प्रहरी र स्थानीयले खोजी कार्य सुरु गरेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ