arrow

कास्कीको मादीमा बस दुर्घटना, ३० जना घाइते

logo
प्रकाशित २०७४ साउन १२ बिहिबार
madi.png

बेँसीशहर (लमजुङ) । कास्कीको पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको बस बुधबार दुर्घटना हुँदा तीस यात्रु घाइते भएका छन् ।

ना ५ख ६३९५ नं को बस कास्कीको मादी गाउँपालिका– ८ मा दुर्घटना हुँदा एकजना रुदी खोलामा बगेर बेपत्ता भएका छन् भने दुईजना बसभित्रै च्यापिएर रहेका स्थानीयवासी प्रवेश घिमिरेले जानकारी दिए ।

कास्की–लमजुङ सिमानामा रहेको रुदी खोलामा बस खसेपछि अहिले प्रहरी चौकी भोर्लेटारबाट प्रहरी टोली उद्धारका लागि घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ