arrow

रुसले ६ महिनामा १२ आक्रमण टार्यो

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार
rasiya.jpg

मस्को। आतङ्कबादी गतिविधि बढीरहेको वेला रुसले ६ महिनामा १२ आक्रमणको प्रयास रोक्न सफल भएको छ। 


सरकारी अधिकारीका अनुसार १३ वटा आतङ्कबादी आक्रमण दर्ता भएकामा १२ वटाको तयारीकै क्रममा निस्तेज भएका छन्। 
 
आतङ्कबादीहरुले सहयोग गरेको, उनीहरुले भर्ना गरेको र आतङ्कबादीहरुले आर्थिक व्यवस्थापन गरिदिएका घटनाहरु यस अवधिमा झण्डै ६० प्रतिशत भन्दा धेरै बढेको ति सरकारी अधिकारीले जानकारी दिए । 

यसअघि सन् २०१६ मा कानुन कार्यान्वयन गराउने निकायहरुले १६ ओटा आतङ्कबादी आक्रमणहरुलाई असफल पारेका थिए । अप्रिलमा सेन्ट पेटेर्सबर्गमा भएको विस्फोटनमा १६ जनाको मृत्यु भएपछि रुसले आतङ्कवाद विरुद्धको कारबाहीलाई रणनीतिक तरिकाले थप बढाउदै लगेको छ । 

आतङ्कवादलाई आर्थिक सहयोग गर्ने विरुद्ध गरिएको र रसियाको अन्उ मुलुकसँगको सम्बन्ध सुधारमा सहयोगी हुने अपेक्षा गरिएको राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेर गत बुधबार सरकारले जारी गरेको आदेशमा रसिया आतङ्कवादलाई परास्त गर्न विश्व समुदायसँग सहकार्य गर्ने बताइएको छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ