ब्रह्मकुमारी राजयोग सेवा केन्द्र द्वारा राट्रपति र प्रधानमन्त्रीलाई रक्षाबन्धन प्रदान
प्रकाशित २०७४ साउन १३ शुक्रबार
159
Shares
काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन पर्वको उपलक्ष्यमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित रक्षाबन्धन ग्रहण गरेकी छन् ।
शीतल निवासमा सुक्रबार बिहान राष्ट्रपति भण्डारीले रक्षाबन्धन ग्रहण गरेको सेवाकेन्द्रका राजयोगी रामसिंह ऐरले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित प्रम निवास बालुवाटारमा रक्षाबन्धन ग्रहण गरे ।
सो अवसरमा राष्ट्रपति भण्डारी र प्रम देउवालाई सेवा केन्द्रका निर्देशक राजयोगिनी राजदिदी, राजयोगी ऐर, राजयोगी तिलकबहादुर शाही, राजयोगिनी अमरजित कौरलगायतले राखी प्रदान गरेका थिए। रासस