arrow

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र द्वारा राट्रपति र प्रधानमन्त्रीलाई रक्षाबन्धन प्रदान 

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार
Deuba-Bhandari.jpg

काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन पर्वको उपलक्ष्यमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित रक्षाबन्धन ग्रहण गरेकी छन् । 

शीतल निवासमा सुक्रबार  बिहान राष्ट्रपति भण्डारीले रक्षाबन्धन ग्रहण गरेको सेवाकेन्द्रका राजयोगी रामसिंह ऐरले जानकारी दिए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित प्रम निवास बालुवाटारमा रक्षाबन्धन ग्रहण गरे । 

सो अवसरमा राष्ट्रपति भण्डारी र प्रम देउवालाई सेवा केन्द्रका निर्देशक राजयोगिनी राजदिदी, राजयोगी ऐर, राजयोगी तिलकबहादुर शाही, राजयोगिनी अमरजित कौरलगायतले राखी प्रदान गरेका  थिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ