arrow

पाकिस्तानी सर्वोच्च अदालतद्वारा प्रधानमन्त्री सरिफ बर्खास्त

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार
nawaz-sharif.jpg

काठमाडौं । पाकिस्तानी सर्वाेच्च अदालतले पानामागेट मामलामा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफदाई दोषी ठहर गरेको छ । शुक्रबार भएको सर्वाेच्च अदालतको फैसलाले सरिफलाई अयोग्य घोषित गरिदिएको नवभारत टाइम्सले जनाएको छ।

पाकिस्तानी सुप्रिम कोर्टको कोर्टरुम संख्या १ मा ५ सदस्यको इजलासले सरिफमाथि यस्तो फैसला सुनाएको हो । पाँचैजनाको सर्वसम्मतीले सरिफलाई प्रधानमन्त्रीपदको लागि अयोग्य ठहर गरेको हो । 

यो फैसलासँगै इस्लामावाद तथा रावलपिंडीमा 'हाई अलर्ट' मा सुरक्षाकर्मी तैनाथ गरिएको छ । सर्वाेच्च अदालत तथा पाकिस्तानी संसद्को बाहिर पनि अत्यधिक मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । कुनैपनि अप्रिय घटना हुन नदिनको लागि अदालत बाहिर अहिले ३ हजार भन्दा बढी प्रहरीहरु तैनाथ गरिएको छ । 

बिहीबार साँझ अदालतले पानामागेट मुद्दाको कार्यसूची शुक्रबारको लागि राखेको जानकारी दिएको थियो । यसको पहिले दुई हप्तासम्म यस बारेमा बहस नहुने बताईएको थियो । उता, सुप्रीम कोर्ट बार एसोसिएशनका पूर्व अध्यक्ष असमा जहांगीरले अदालती प्रक्रियामाथि प्रश्न उठाउँदै यो अस्वभाविक  तथा अनुचित रहेको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ