arrow

चीनको धम्की : डोकलामबाट भारतीय सेना नहटे, कश्मिरबाट पाउनेछ भारतले जवाफ

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार
china-1_1501212877_1.jpg

एजेन्सी । सिक्किमको डोकलाम भुभागमा जारी विवादलाई लिएर चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सलेले पुन: भारतलाई धम्की दिएको छ । ग्लोबल टाइम्सलेले भनेको छ, "डोकलाम मामिला चीन-भूटान बोर्डरको विवाद हो। यसमा तेस्रो पक्षको तर्फबाट  भारतले दखल दिनु के अधिकार छ ?  दिल्लीको तर्क अनुसार यदि यो उसको हक हो भने यो निकै खतरनाक हुनेछ किनकि यदि कश्मीर मामिलामा पाकिस्तानले अपिल गरे चीनको सेना सो विवादित भुमिमा घुस्न सक्नेछ । जसमा भारतको अधिकार सम्पन्न रहेको कश्मीर पनि पर्नेछ।"

भारतका राष्ट्रिय सुरक्षा सलाहकार (एनएसए) अजीत डोभाल बेजिङमा रहेका छन् । बिहिबार उनले चीनका एनएसए यांग जिआचीसँग भेट गरे। डोभालले शुक्रवार चिनियाँ राष्ट्रपति सि जिनपिंगलाई भेट्ने कार्यक्रम रहेको छ ।

 चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले बिहिबार आफ्नो एक लेखमा  भारतलाई सो धम्कि दिएको हो । झांग यीको सो लेखमा भूटानको तर्फबाट भारतसँग कुनै सहयोग नमागिएको तर भारतले पुन सो मामिलामा टाङ लडाएको लेखेका छन् ।

पत्रिकामा उनले, "भूटान सरकारको तर्फबाट २९ जूनमा  जारी गरिएको विज्ञाप्तिमा भारत सरकारसँग सहयोग माग्ने कुनै खुलासा गरेको छैन । कूटनीतिज्ञ सुत्रका अनुसार भूटान सरकारलाई भारत आफ्नो क्षेत्रमा घुसेको बारे पनि थाहा थिएन ।" भनेका छन् ।

डोकलाममा ४२  दिन देखि भारत र चीनका सेना आमने-सामने रहेका छन् । सो इलाकामा  एक त्रिपक्षिय बिन्दु (तीन देशको सिमा ) रहेको छ । चीन उक्त स्थानमा सडक बनाउन चाहान्छ भने भारत-भूटान सोको बिरोधमा रहेका छन् ।


हालै भारतले डोकलामबाट आफ्नो सेना हटाउन चीनले गरेको माग असहमति जनाएको छ । चीनको सरकारी पत्रिका पिपुल्स डेलीको एक रिपोर्टरलाई उत्तर दिदै भारतीय  परराष्ट्र मन्त्रालयका प्रवक्ता गोपाल बागले भने, "हामिले डोकलाम मामिलामा आफ्नो हेराइ र  बाटो खोज्ने तरिकाबारे चीनको अगाडिनै स्पष्ट गरेका छौ ।" बागले भने , "सीमा विवाद सामाधान गर्न दुवै देशबीच पहिले देखिनै एउटा  सिस्टम बनेको छ  र अहिले चलेको विवादलाई पनि सोहि सिस्टमले सामाधान गर्नेछ । इन्टरनेशनल कम्युनिटीले सो विवादको सामाधान दुवै देशबीच कूटनीतिज्ञ तबरले हुनु पर्दछ भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ