arrow

सुरक्षा कारबाहीमा  ५१ लडाकूको मृत्यु

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार
Earthquake-Death-in-Nuwakot.jpg.jpeg

काबुल । अफगानिस्तानका विभिन्न ठाँउमा भएका सुरक्षा कारबाहीमा परी करिव ५१ जना लडकूहरूको मृत्यु भएको छ । 

रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा कारबाहीका क्रममा अरु कम्तीमा ४६ जना घाइते भएको उल्लेख छ । “दश विभिन्न विषेश सहित २६ सुरक्षा कारबाही चलाइएको थियो, गत चौबिस घण्टामा धेरै ठाँउबाट शत्रुहरु लखेटिएका छन्,” मन्त्रालयद्धारा जारी वक्तव्यमा भनिएको छ । 

वक्तव्यका अनुसार, डाडुल्लाहको नामले चिनिने तालिवानका स्थानीय नेता क्वरी अस्साडुल्लाहको मृत्यु भएको छ । सुरक्षा निकायहरुले देशभरका ३४ प्रान्तमध्ये १६ मा सुरक्षा कारबाही गरिएको जनाएका छन् ।आतङ्कवादी विरुद्धको हवाई कारबाहीका लागि ११० उडान गराइएको थियो,। 

रक्षा मन्त्रालयको वक्तव्यमा सरकारी सुरक्षाकर्मी तर्फ के कति क्षति भएको थियो भन्ने स्पष्ट पारिएको छैन । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ