arrow

सरिफका सम्भावित ४ उत्तराधिकारी : सेनाका कटु आलोचकदेखि इमरान खानलाई हराउनेसम्म

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार
pakistan.JPG

काठमाडौं । पनामागेट मामलामा पाकिस्तानी सर्वाेच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई बर्खास्त गरेसँगै पाकिस्तानमा प्रधानमन्त्रीको लागि नयाँ दौडधूप सुरु भएको छ । सत्तारूढ पीएमएल-एनका प्रमुख हुनेका कारण सरिफले अबको नयाँ प्रधानमन्त्रीको चयन गराउने अधिकार राख्छन् । सरिफले सिफारिस गरेको व्यक्तिमाथि राष्ट्रिय सभामा भोटिङ हुने भएको छ । 

अहिले नवास सरिफको पार्टीको संसद्मा बहुमत रहेको छ । त्यसैले उनले चुनेका व्यक्तिको प्रधानमन्त्री बन्नको लागि कुनैपनि समस्या हुँदैन । नवाजकी छोरी मरियमको राजनीतिमा प्रवेशको चर्चा अहिले चलिरहेको छ । यद्यपि सांसद् नरहेकोले उनी पाकिस्तानकी प्रधानमन्त्री भने बन्न सक्दिनन् । त्यसैले अहिले पाकिस्तानी प्रधानमन्त्रीको दौडमा सबैभन्दा अगाडि उनका भाइ शहवाज सरिफको सम्भावना बढी देखिन्छ।

शहबाज शरीफ 
शहबाज सरीफ पाकिस्तानी निवर्तमान प्रधानमन्त्री नवाजका भाइ हुन् । उनी अहिले पञ्जाव प्रान्तका मुख्यमन्त्री हुन् । जुन प्रान्त सरिफ परिवारको लागि पकड क्षेत्र मानिन्छ । उनको नाम पाकिस्तानी मिडियामा चर्चाको विषय बनेको छ । उनी नवाज सरिफ जस्तो चामत्कारिक नभएपनि उनलाई मुख्यमन्त्रीबाट राजीनामा दिन लगाएर राष्ट्रिय सभामा ल्याउनुपर्ने हुन्छ । 

ख्वाजा आसिफ 
पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफ पनि प्रधानमन्त्री पदका दावेदार मानिएको छ । आसिफ नवाजको सबैभन्दा विश्वासिला मन्त्रीको रुपमा मानिन्छ । त्यसैले अबका प्रधानमन्त्री उनी नै हुनसक्ने बताईएको छ । पूर्व बैंकर समेत रहेका आसिफले १९९१ देखि नै पीएमएल(एन पार्टीको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । उन आफ्नो गृहजिल्लासियालकोटबाट राष्ट्रिय सभामा चुनिएका हुन् । उनलाई देशका सेनाको कटु आलोचक मानिन्छ ।  

सरदार अयाज सादिक 
राष्ट्रिय सभाका सभामुख  सरदार अयाज सादिक पनि  प्रधानमन्त्री पदको दौडमा छन् । सादिक पनि शरीफ परिवारको एकदमै नजिक मानिन्छ । उनी २०१३ को चुनावमा अभिनेताबाट नेता बनेका इमरान खानलाई हराउने राष्ट्रिय सभा सदस्य हुन् । चुनावभन्दा दुईसाल पहिले एक आरोपमा राष्ट्रिय सभाबाट राजीनामा दिन बाध्य भएका थिए । पछि उनी फेरि राष्ट्रिय सभामा चुनिए र फेरि सभामुख समेत बने । 

अहसान इकबाल 
अमेरिकामा पढेका अहसान इकबाल समेत प्रधानमन्त्रीको दौडमा रहेका छन् । इकबाल लामो समयदेखि नवाज सरिफको पार्टीमा जोडिएका हुन् । इकबाललाई विकासको एजेण्डाका अगसवा मानिन्छ । अहिले उनी संघीय योजना तथा विकास मन्त्री हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ