arrow

नवलपरासीमा बस दुर्घटना ३२  घाइते

logo
प्रकाशित २०७४ साउन १४ शनिबार
nawalparasi_map_new.png

नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा  यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । 

नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार ३२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

बाह्र जनाको बुटवल र अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक टेकबहादुर रावतले जानकारी दिए । बस तीव्र गतिमा भएका कारण सो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ