arrow

मोसुलबाट विस्थापित ८ लाख बढी नागरिका घर फर्किन सकेनन्

logo
प्रकाशित २०७४ साउन १४ शनिबार
iranbomb.jpg.jpeg

जेनेभा । उत्तरी इराकी शहर मोसुललाई सरकारले पुनः नियन्त्रणमा लिएपछि पनि यसअघि त्यहाँबाट विस्थापित भएका करिब ८ लाख ४० हजार व्यक्ति घर फर्किन सकेका छैनन् । 

इराकी सेनाले मोसुल शहरलाई आतङ्ककारीबाट फिर्ता गर्ने क्रममा आतङ्ककारीसँग भएको भीषण भीडन्तका कारण नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय आप्रवासीसम्बन्धी एजेन्सीले शुक्रबार जानकारी दिएको छ ।  । 

इराकी सरकारी सुरक्षाबलले सो शहर इस्लामिक स्टेट्सको नियन्त्रणबाट कब्जामा लिएपछि हजारौँ जनता अझै पनि अलपत्र परेका  एन्जेसीले जानकारी दिएको छ ।इराकको राजधानी बग्दादबाट ४ सय किलोमिटर टाढा पर्ने मोसु्ल शहर सन् २०१४ बाट इस्लामिक स्टेट्स (आईएस) ले कब्जामा लिएको थियो ।सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ