arrow

कर्मचारी छनोटमै मनोमानी

logo
आरजे दिलिप,
प्रकाशित २०७४ साउन १४ शनिबार
rukum.JPG

रुकुम । रुकुमेली समाज विकास केन्द्र रुकुमले सञ्चालन गर्ने कार्यक्रममा मनोमानी रुपमा  कर्मचारी छनोट गर्ने गरेको पाइएको छ। जिल्लामा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोगमा सञ्चालन हुने कार्यक्रममा कर्मचारी समायोजन गर्दा केन्द्रले पंहुचको आधारमा कर्मचारी छनौट गर्ने गरेको पाइएको हो।

केन्द्रले दलित , जनजाति महिलालाई ग्राहयता दिने भने पनि पहुचको आधारमा कर्मचारी छनोट गर्दा क्षयमता भएका महिला ,दलित  तथा जनजाति भने बवसर बाट बन्चित हुन पुगेका छन् । आफ्नो वरपर घुम्ने व्यक्ति र पहुचको आधारमा कर्मचारी समायोजन गरेको भन्दै समय समयमा केन्द्रमाथी प्रस्न चिन्ह उठ्ने गरेको छ।

बाहीरबाट हेर्दा जति राम्रो र व्यवस्थित देखिए पनि यथार्थ भने फरक रहेको जानकार बताउछन्। सस्थाको यस प्रकारको प्रवृर्तीले गरिव , विपन्न परिवार तथा पिछडिएको क्षेत्रमा पुग्नुपर्ने कार्यक्रम  गाविस कार्यालय सम्म मात्र केन्द्रित भएको देखिन्छ।

‘सस्थाले संचालन गरेको काम र कर्मचारी समायोजन प्रक्रियामा सम्वन्धित निकायले छानविन गर्नु पर्दछ। ’ सुआहारा कार्यक्रममा एक उम्मेदवारले भने, “रुकुमेली समाज विकास केन्द्रमा कर्मचारी छनोटमै गरिव र विपन्न परिवारका पर्दैनन् , सस्थाले सञ्चालन गर्ने कार्यक्रम कसरी प्रभावकारी हुन्छ ?”

संस्थाले कर्मचारी छनोट प्रक्रियामा पहिले देखिनै केहि विवादित बन्दै आएको छ । यस्तै यस पटक युएस्एआईडि को आर्थिक सहयोगमा (एच्.के.आई) नेतृत्व तथा रुकुमेली समाज विकास केन्द्र रुकुमको साझेदारिका संचालित सुआहारा कार्यक्रममा पनि कर्मचारी छनोट प्रक्रिया निष्पक्ष नभएको सामुदायिका पोषण सहजकर्ता पदमा आवेदन दिएका उम्मेदवारहरुको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ