arrow

चप्पल लगाएरै सपथ खाने मन्त्री भन्छन्– मधेशको खानेपानी समस्या समाधान हुन्छ

logo
प्रकाशित २०७४ साउन १४ शनिबार
Mahendra-Yadav-Nepali.jpg

महोत्तरी । तराई–मधेशको खानेपानी समस्या समाधान गर्नका लागि आफू गम्भीर रहेको खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले बताएका छन् ।

काँग्रेस बर्दिवासनगर कमिटीले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा मन्त्री यादवले तराई–मधेशमा वर्षेनी हुँदै आएको खानेपानीको समस्या निराकरण गर्नका लागि आफू तत्पर रहने सुनाए ।

मन्त्री भएर पहिलो पटक गृहजिल्ला धनुषा हिँडेका मन्त्री यादवले बर्दिवासमा आयोजित  कार्यक्रममा सरकारको नजर प्रदेश नम्बर– २ को स्थानीय तहको तेस्रोचरणको चुनावमा केन्द्रीत रहेको बताए ।

उनले आगामी असोज २ गते हुने तेस्रोचरणको चुनावमा नेपाली काँग्रेस २ नम्बर पहिलो स्थानमा आएर  देशकै पहिलो पार्टी बन्ने जिकिर गरे । राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गर्दा यादव कुर्ता पाइजामा र चप्पलमा देखिएपछि निकै आलोचना भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ