नयाँ दल दर्ता गरेर प्रदेश र केन्द्रको निर्वाचनमा भाग लिन नपाउने
प्रकाशित २०७४ साउन १४ शनिबार
525
Shares
काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सहभागि हुने दलहरुलाई दल दर्ताको आह्वान गरेको छ । निर्वाचन आयोगले सूचना नै जारी गरेर दल दर्ताको आह्वान गरेको हो । आयोगका अनुसार अब नयाँ दल दर्ता गरेर प्रदेश र संसदको चुनावमा भाग लिन कठिनाई हुने भएको छ ।
निर्वाचन आयोगले असार मसान्तभित्र आयोगमा दर्ता भएका दलहरुले मात्र प्रदेश र संसदको चुनावमा भाग लिने पाउने जनाएको छ । आयोगको कानुन शाखाले असार मसान्तभित्र आयोगमा दर्ता भएका दलले मात्रै सहभागिता जनाउन पाउने छन् ।
दल दर्ताका लागि एक अार्थिक वर्षको आयव्यय विवरण तथा लेखा परीक्षण प्रतिवेदनलगायत कागजात बुझाउनु पर्ने भएकाले नयाँ दललाई सहभागि गराउन नसकिने बताइएको छ । संविधानको धारा २७१ ले मागेका कागजात पुर्याउन नसके चुनावमा सहभागि गराउन नसकिने अायाेगकाे कानुन शाखाले जनाएकाे छ ।
अहिलेकै नियमावली अनुसार भने कठिनाई हुनेछ । आयोगमा दर्ता भएका दलहरुले पनि प्रदेश र संसदको चुनावका लागि फेरि अनिवार्य दल दर्ता गर्नु पर्नेछ । निर्वाचन आयोगले सार्वजनिक सूचना निकालेर संविधानको धारा २७१ अनुसार दल दर्ताको निवेदन भदौ ११ गतेभित्र दिन भनेको छ ।
आवेदन दिने दलहरुले प्रदेश र संसद वा कुनै एउटा निर्वाचन कुनमा भाग लिने भन्ने खुलाउनु पर्नेछ । साथै केन्द्रीय कार्यकारिणी समिति पदाधिकारीको संख्या, दलको विधान, नियमावली, घोषणापत्रसँगै संगठनात्मक स्वरुपको विवरण पनि बुझाउनु पर्ने प्रावधान छ । एक वर्षको आयव्यय विवरण समेत बुझाउनु पर्ने छ ।