arrow

सिड्नी विमानस्थलमा आतंककारी आक्रमण प्रयास, सुरक्षाकर्मीले पार्‍यो विफल

logo
प्रकाशित २०७४ साउन १५ आइतबार
australia-attack.jpg

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित विमानस्थलमा आतंककारीले गर्न खोजेको आक्रमण सुरक्षाकर्मीले विफल पारिदिएको छ ।

आतंककारीले विस्फोटक उपकरण प्रयोग गरी विमानमा आक्रमण गर्ने तयारी गरेको सूचनाका आधारमा कारबाही अभियान सुरु गरिएको र आतंककारीको प्रयास असफल पार्न प्रहरी सफल भएको अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले बताएका छन् ।

उनले अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र सिड्नीसहित देशभर आतंककारीविरुद्धको अभियान तीब्र पारिएको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले आक्रमणको योजना बनाएको आशंकामा चार जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका चारै जना विद्रोही संगठन इस्लामिक स्टेट आइएससँग सम्बद्ध रहेको अनुमान गरिएको छ । 
Police man a check point in the Sydney inner suburb of Surry Hills on July 29, 2017



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ