arrow

साउन १५ अर्थात् खीर खाइँदै

logo
प्रकाशित २०७४ साउन १५ आइतबार
rice-pudding.jpg

काठमाडौँ ।  साउने सङ्क्रान्तिको मध्यावधि साउन १५ गते आइतबार दुग्ध पदार्थबाट तयार गरिएको खीर खाएर साउन पन्ध्र मनाइँदै छ ।  

वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा छ ।  

साउन १५ मा तात्तातो मसलेदार खीर भोजन गरेर शरीरलाई सन्तुलनमा राख्ने यो पुरानो चलन र नेपाली संस्कार हो ।  

मरिच, दाख, सुकेको नरिवल, दालचिनी, दाख राखेर तयार गरिएको खीर यो मौसमका लागि उपयुक्त भोजन रहेको अनुभवीहरु बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ