अपांगता अधिकार ऐन २०७२ पारित गर्न अनुरोधसहित मन्त्री कोईरालालाई बधाई तथा शुभकामना
प्रकाशित २०७४ साउन १५ आइतबार
512
Shares
काठमाडौं । क्रान्तिकारी अपांग संघको नेतृत्वमा नेकपा एमाओबादी केन्द्रका तर्फबाट नवनियुक्त महिला बालबालिका तथा समाज कल्याण मन्त्री आषा कोईरालालाई बधाई तथा कार्यकालको पूर्णसफलताको शुभकामना दिइएको छ ।
सो भेटमा संघका तर्फबाट बधाई तथा शुभकामना दिने क्रममा क्रान्तिकारी अपांगसंघको तर्फबाट सहभागी हुने सवै प्रतिनिधीमन्डलका सदस्यहरुले लामो समयदेखि बिधेयकको सबै प्रकृया पुरा भई संसदमा सम्वन्धीत मन्त्रीबाट टेवुल गरी पारित गर्न मात्र बाँकी रहेको अवस्थाको अपांगता भएका व्यक्तिहरुको अधिकार ऐन २०७२ लाई छिटो पारित गर्न अनुरोध गरे ।
यसैगरी महिला वालवालिका तथ समाज कल्याण मन्त्रालयमा हेल्प डेस्क संचालन गर्न र ७ वटै प्रदेशमा अपांगता पुनर्थापना केन्द्र स्थापना गरि द्धन्द्धबाट प्रभावित अपांगता भएका व्यक्तिहरुसहितका अपांगता भएका व्यक्तिहरुको शारीरिक पुनर्थापना र स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए ।
भेटका क्रममा ऐन छिटो भन्दा छिटो पारित नहुँदा अपांगता भएका व्यक्तिहरुका अधिकारहरु संरक्षित हुन नसकेको गैर अपागता (अपांगता नभएका) ब्यक्तिहरुले फाईदा पाउने गरेको, अपांगतामा पनि सबैभन्दा संवेशनशिल अपांगताले पहिचान पाउन नसकेको कारणले आफुहरु अन्यायमा परेको जनाएका थिए ।
सो क्रममा नवनियुक्त महिला बालबालिका तथा समाज कल्याण मन्त्री आषा कोईरालाले यस बिधेयकलाई मन्त्रालयको पहिलो प्राथमिकतामा राखी छिटो भन्दा छिटो पारित गर्ने र अन्य मागहरुपनि कार्यान्वयनकालगी आवश्यक गृहकार्य गरि पुरा गर्ने भनि आफ्नो प्रतिवद्धता ब्यक्त गरिन् ।
सो कार्यक्रममा पुर्व सभासद ईन्द्रमाया गुरुङ, क्रान्तिकारी अपांग संघका संयोजक टेकनाथ न्यौपाने, क्रान्तिकारी संघ बिधार्थी बिभागका प्रमुख टिकाराम पराजुली, जनक्रान्तीका घाईते तथाा अपांग योद्दा संघका केन्द्रिय सदस्य राम कार्की (बिमल) र क्रान्तिकारी अपांग संघका अन्य पदाधिकारी तथा कार्यकर्ता लगायतको सहभागीता रहेको थियो ।