arrow

भेनेजुएलामा भएको चुनावी हिंसामा कम्तीमा १० जनाको मृत्यु 

logo
प्रकाशित २०७४ साउन १६ सोमबार
venejuala-election.jpg

भेनेजुएला । भेनेजुएलामा संविधान संशोधनका लागि भएको संविधानसभा चुनावका बेलामा थुप्रै हिंसात्मक घटना भएका छन् । घटनामा कम्तीमा १० जना मारिएका छन् भने सयौं घाइते भएका छन् । 

मृत्यु हुनेमा संविधानसभाका एकजना उम्मेदवार र अर्का विपक्षी नेता पनि परेका छन् । 

५४५ सदस्यीय संविधानसभाका लागि ६,००० भन्दा बढी उम्मेदवार छन् तर त्यसमा एकजना पनि विपक्षी दलबाट छैनन् । 

विपक्षीले भने राष्ट्रपति निकोलास मडुरोको राजीनामा मागेका छन् । 

उनीहरुले मडुरोले शक्ति हातमा लिनका लागि संविधानसभाको नाटक रचेको प्रतिक्रिया दिंदै निर्वाचन नै वहिस्कार गरेका हुन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ