डोल्पा । खुट्टा भाँचिएर रगत बगेका कारण सख्त रहेकी रुकुम गोतामकोट– ५ की आशा सार्कीलाई हेलिकोप्टरमार्फत उपचारका लगि सुर्खेत पुर्याइएको छ ।
साउन १४गते ठूलीभेरी नगरपालिकाको सुलिर्गाडमा गिट्टी कुट्दै गर्दा दाँयाखुट्टामा ढुंगा लागेर भाँच्चिएका कारण सख्त घाइते भएकी आशाको नेपाली सेनाको हेलिकोप्टरले थप उपचारका लागि सुर्खेत लगेको हो ।
भाँचिएको ठाउँबाट रगत धेरै बगेपछि उनको जिल्ला अस्पतालमा उपचार नहुने भएपछि थप उपचारका लागि बाहिर लगिएको निमित्त प्रमुख जिल्ला अधिकारी मानबहादुर बुढाले बताए ।
गृह मन्त्रालयमा अनुरोधपछि सुर्खेतबाट हेलिकोप्टर आउन तयार भए पनि मौसममा सुधार नभएका कारण दुई दिनदेखि हेलिकोप्टर डोल्पा आउन सकेको थिएन् ।