arrow

प्रहरी बढुवा रोक्न परेका उजुरी खारेज, बाटो खुल्ला

logo
प्रकाशित २०७४ साउन १६ सोमबार
nepal-police-Fn.png.png

काठमाडौं । प्रहरीको बढुवा सिफारीसविरुद्ध परेका उजुरी खारेज भएका छन् । उजुरी खारेज भएसँगै बढुवाको बाटो खुल्ला भएको छ ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली नेतृत्वको उजुरी सुन्ने समितिको बैठकले बढुवाविरुद्ध परेका सबै उजुरी खारेज गरिदिएको हो ।

उजुरी सुनुवाई गर्दा कुनै परिवर्तन नभएको र जस्ताको त्यस्तै राखिएको आयोगका प्रवक्ता लक्ष्मी विलास कोइरालाले बताएका छन् ।

केही दिन अघि नेपाल प्रहरीको एआईजी, डिआईजी र एसएसपीका लागि भएको  बढुवा सिफारिसविरुद्ध तीन जनाको उजुरी परेको थियो । बढुवा गर्दा आफूहरुलाई अन्याय भएको भन्दै डिआइजी मधु पुडासैनी, एसएसपी सुभाष चौधरी र एसपी विभूतिराज पाण्डेले उजुरी गरेका थिए । उजुरीले मागे अनुसारको कुनै कारबाही नभएपछि बढुवा सिफारिस कार्यान्वयन गर्ने बाटो खुल्ला भएको छ ।

यद्यपि, असन्तुष्टहरुलाई मिलाउन गृहमन्त्रालयले केही दरबन्दी थप गर्ने गृहकार्य समेत अघि बढाएको बताइँदै छ । आफ्नाहरु नपरेको भन्दै केही दिन पहिले दरबन्द थप्ने गृहकार्य भएको खबर आएका थिए । अब प्रहरीको संघीय संरचना मिलाउँदा दरबन्दीको विषयमा पनि हेरफेर गर्ने गृहकार्य भएको बताइएको छ ।

बढुवा सिफारिस समितिले प्रहरीले ११ जना प्रहरी नायव महानिरीक्षक डिआइजी, १५ जना प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी, २५ जना प्ररहरी उपरीक्षक एसपी, ३५ जना प्रहरी नायव उपरीक्षक डिएसपी र ९४ जना प्रहरी निरीक्षक इन्सपेक्टरलाई हालै बढुवा सिफारिस गरेको थियो । एआईजी फेरि दुई दरबन्द थप गर्ने गृहकार्य भएको बताइँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ