arrow

ट्रम्पद्धारा ह्वाइट हाउसका मिडिया प्रमुखलाई नियुक्त भएको १० दिनमै बर्खास्त

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार
anthony-us.JPG

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका मिडिया प्रमुख एन्टोनी स्कारामुचीलाई नियुक्त गरेको १० दिनमै बर्खास्त गरेका छन् । 

वाल स्ट्रेट पत्रिकाका पूर्व लगानीकर्ता एन्टोनीले राष्ट्रपति ट्रम्पलाई दिएको अन्तर्वार्तामा अभद्र टिप्पणी गरेको महशुस गरेको ह्वाइट हाउसले जनाएको छ ।

एन्टोनी पछिल्लो १० दिनमा ह्वाइट हाउसको प्रमुख पदबाट हटाइएका चौथो अधिकारी बनेका छन् ।

एन्टोनीलाई सोमबारमात्र सपथ खाएका ट्रम्पका नयाँ अधिकारी जोन केलीले बर्खास्त गरेका हुन् । 

ट्रम्पकी प्रवक्ता सराह स्यान्डर्सले एन्टोनी जस्तो आफ्ना संवाददातालाई गाली गर्ने व्यक्ति उक्त पदमा बस्न नसुहाउने प्रतिक्रिया दिएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ