arrow

भारतमा बर्षेनी हजारौ बालबालिका बेपत्ता

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार
children-crying.jpg.jpeg

लण्डन । भारतको विभिन्न क्षेत्रबाट बार्षिक हजारौ बालबालिका गराउने गरेको तथ्य सार्वजनिक भएको छ।

संरक्षक नामक एक सस्थाले आइतबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार भारतको विभन्न क्षेत्रमा फैलिएको रेल मार्गबाट बर्षिक हजारौ बालबालिका हराउने गरेको बताइएको छ।

पुर्बी भारतको कलकत्तामा पर्ने सेल्डाह रेल मार्गबाट अपहरित हुने क्रम बढेको बताइएको छ । संस्थाले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा यस विषयलाई निकै संबेदनशिल विषयमा रुपमा लिनु पर्ने उल्लेख गरिएको छ । 

भारतको सवै भन्दा बढी व्यस्त मध्येको एक र देशव्यापी फैलिएको उक्त रेल मार्गबाट सन् २०११ मा १५ हजार दुई सय ८४ जना बालबालिका हराएका बताइएको छ ।सन् २०१५ मा रेल, रेलमार्ग र रेलस्टेशन वरपरबाट ४१ हजार आठ सय ९३ जना बालबालिका हराएको प्रतिवेदनमा उल्लेख छ । 

गरिबीका र पारिवारिक हिंसाका कारण सेल्दाह रेलस्टेसन वरपर पुग्ने गरेका र केही समय त्यहाँ बसेपछि उनीहरू त्यहाँबाट हराउने गरेको दावी प्रतिवेदनमा छ । सिन्ह्वा 



नयाँ