arrow

अभागी सरिफ : तीन पटक प्रधानमन्त्री भए तर कार्यकाल कहिलै पूरा गर्न पाएनन‍्

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार
Nawaz-Sharif-1-Reuters.jpg

इस्लामाबाद । पञ्जाबका शेर भनेर चिनिने नवाज  सरिफ पाकिस्तानी इतिहासमा रेकर्ड राख्दै तीन पटक प्रधानमन्त्री बने । तर उनले कुनैपनि कार्यकाल पूरा काम गर्न पाएनन् । समयावधि सकिनु अगाडि नै उनी कसै न कसैको कारणले आफ्नो पदबाट बाहिरिनु परिरहेको छ । तेस्रो पटक पनि यिनलाई पानामागेट काण्डमा संलग्न भएको आरोपमा केही दिन अघि मात्रै पाकिस्तानी सर्वाेच्च अदालतले वर्खास्त गरेपछि पछि उनले राजीनामा दिएका थिए । 

उनी पहिलो कार्यकालमा राष्ट्रपति कार्यालयबाट त्यसपछि सेनाबाट र अहिले न्यायपालिकाबाट बर्खास्त भए । पाकिस्तानको कूल घरानीया परिवारमा जन्मिएका एवं सबैभन्दा ठूलो पार्टी पीएमएलएनका अध्यक्ष समेत रहेका सरिफ २०१३ को जुनमा तेस्रो कार्यकालको लागि सत्तामा आएका थिए । उनी सत्तामा आउँदाको बखत उनीमाथि त्यतिसाह्रो आरोप प्रत्यारोप लगाईएको थिएन । तर, झण्डै शासनकालको ४ वर्षको केही दिन मात्रै बढी भएको समयमा उनीमाथि लागेको पानामागेटको संलग्नता अदालतले पुष्टि गरिदियो र उनी सत्ताबाट च्यूत भए । जुन उनको जीवनकालमा नै सबैभन्दा ठूलो झड्का रहेको पाकिस्तानी सञ्चारमाध्यमहरु बताउँछन् । 

देशको समस्या समाधानमा चतुर खेलाडीको रुपमा परिचय दिनसफल सरिफ आर्फैले पानामागेट काण्डले निम्त्याएको समस्या भने समाधान गर्न सकेनन् । उनको परिवार तथा उनी विरुद्ध कर चोरी अबैध सम्पत्ति कमाएको तथा ब्रिटिश वर्जिन आईसल्याण्डमा कम्पनी खोलेको आरोप लगाईएको छ ।

सर्वाेच्च अदालतले सरिफ तथा उनको परिवार विरुद्ध अनुसन्धान गर्नको लागि संयुक्त जाँच कार्यदल ९जेआईटी०को नै गठन गरेको थियो । शरीफ़, उनका छोराहरु हसन नवाज तथा हुसेन  नवाज, छोरी मरियम नवाजको अलावा भाइ तथा पंजाबका मुख्यमन्त्री शाहबाज सरिफ विरुद्ध छानविन गर्ने जिम्मवारी उक्त कार्यदललार्इ दिर्इएको थियो । जेआईटीले जुलाइ १० मा आफ्नो रिपोर्ट अदालतमा पेश गरेको थियो । 

अयोग्य ठहरिएपछि छोडेका थिए सरिफले प्रधानमन्त्री 
पाकिस्तानका प्रधभानमन्त्री सरिफले शुक्रबार पदबाट राजीनामा दिएका हुन् । ६७ वर्षका सरिफको तेस्रो कार्यकाल पनि अधुरै रहेको रहन पुग्यो । अदालतले संविधानको अनुच्छेद ६२ र ६३ का अनुसार अयोग्य ठहराएका थिए । यो अनुच्छेदका अनुसार कुनैपनि सांसद् इमान्दार हुनु आवश्यक छ । यस्तो अवस्थामा संसदका सदस्य बन्न समेत सरिफ अयोग्य छन् भने उनी प्रधानमन्त्री बन्न त झनै योग्य हुने कुरै भएन भन्ने आदेश अदालतले दिएको छ । अदालतको फैसलापछि सरकारी टिभी च्यानल  पीटीवीले प्रधानमन्त्री सरिफले प्रधानमन्त्री पद छाडिदिए । सरिmले यसमा गम्भीर आपत्ति हुनेका बाबजूत पनि अदालतको फैसला स्वीकार गर्दै राजीनामा दिएको बताएको छ । तर, उनी अदालतको फैसला अनुसार फैसला हुनेवित्तिकै वर्खास्त भईसकेका थिए । 

कहिले के के भए नवाज सरिफ ?
जुफिकर अलि भुट्टो प्रधानमन्त्री बनेको समयमा नवाज सरिफले राजनीति सुरु गरेका थिए । राजनीतिक रुपमा समृद्ध उनको परिवारका कारण उनी छिट्टै नै राष्ट्रिय राजनीतिमा आउन सफल भए । उनी १९७६ सालमा पाकिस्तानी मुस्लिम लिगमा आवद्ध भए । त्यहाँबााट राजनीति सुरु गरेका सरिफ सन् १९८१ मा पञ्जावको सल्लाहकार समितिमा सदस्य नियुक्त भए । 

त्यसको ४ वर्षपछि उनी पञ्जावको मुख्यमन्त्री चुनिए । उनी पहिलोपटक १९९० सालमा प्रधानमन्त्री बनेका थिए । उनी राष्ट्रपतिसँगको टसलका कारण जुलाई १९९३मा उनको पद खोसियो । त्यतिबेला पनि उनले राजीनामा त दिएका हुन् । तर, त्यतिबेलाका सेनाध्यक्षले राजनीतिक तनाव कम गर्नको लागि नवाजको राजीनामा अनिवार्य रहेको भन्दै राष्ट्रपतिलाई दबाब दिएपछि राष्ट्रपतिको दबाबमा उनले राजीनामा दिईका थिए । यदी उनले राजीनामा दिएका थिएनन् भने त्यतिबेला पनि सेनाले 'कू' गर्ने निश्चित थियो । 

त्यसको ठीक ४ वर्षपछि १९९७ मा भएको संसदीय निर्वाचनमा सरिफ र पाकिस्तानी मुस्लिम लिगले चुनाव जित्यो र उनी फेरि पनि प्रधानमन्त्री चुनिए । पहिलो प्रधानमन्त्री भएपछि दोस्रो प्रधानमन्त्री बन्नुपूर्व उनी प्रमुख प्रतिपक्षी दलको नेता बनेका थिए । यो पटक भने उनी २ वर्ष मात्रै प्रधानमन्त्री बन्न पाए । अक्टोबर १२, १९९९ मा उनको सरकारलाई सेनाले अपध्वस्त गरेको थियो । 

यसरी उनी तीनपटकसम्म सरकारमा जाँदा पनि उनले पूरा कार्यकाल काम गर्न सकेनन् । पहिलो पटक राष्ट्रपनि, दोस्रो पटक सेनाले बर्खास्त गराएका सरिफलाई, तेस्रोपटक भने न्यायालयले पदबाट अपध्वस्त गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ