arrow

अमेरिका स्थित चिनियाँ दूतावासमा गोलाबारी 

logo
प्रकाशित २०७४ साउन १८ बुधबार
america_china.jpg

लस एन्जलस । अमेरिका स्थित अमेरिकी दूताबासमा भीषण गोलाबारी भएको छ । लस एन्जलसमा रहेको चिनियाँ वाणिज्य दूतावासमा एक बन्दूकधारीले गोलाबारी गरेर आफूले पनि आत्महत्या गरेका छन् । 

लस एन्जलस प्रहरी विभागका एक अधिकारी माईकल लोपेजले वाणिज्य दूतावास खोल्नु भन्दा केही समय अगाडि नै यो घटना भएको बताए । उनले यो घटनामा कोही हताहत नभएको पुष्टि गरेका छन् ।

यसैबीच चिनियाँ दूतावासले यस घटनामा चिन्ता जाहेर गर्दै चिनियाँ दूतावासमा भरपूर सुरक्षा प्रदान गर्न अमेरिका सरकारसँग आग्रह पनि गरेको छ । उसले अमेरिकी प्रशासन समक्ष यस घटनाको बारेमा विस्तृत विवरण पनि माग गरेको छ । 
- एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ