arrow

राष्ट्रसंघद्वारा अफगान हमलाको निन्दा

logo
प्रकाशित २०७४ साउन १८ बुधबार
UN.jpg

संयुक्त राष्ट्रसंघ, । अफगानिस्तानको हेरात प्रान्तको मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका श्रद्धालुहरुमाथि मङ्गलबार गरिएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिब एन्टिोनियो गुटरेसले कडा शब्दमा निन्दा गरेका छन्। 

हमलामा परी मङ्गलबार नै घटनास्थलमा १५ जनाको ज्यान गएको थियो । महासचिव गुटरेसका प्रवक्ता स्टेफेन डुजारिकले प्रकाशन गरेको  विज्ञप्तिमा  आक्रमण अत्यन्तै निन्दनीय रहेको र यस्तो घातक हमलामा सक्रिया हुनेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा महासचिवले जोड दिएका छन्। 

‘प्रार्थना गर्न बसेका सर्वसाधारण व्यक्तिलाई यसरी बम हमला गरेर ज्यान लिनु नागरिकको आधारभूत मानअधिकारको गम्भीर हनन् मात्र नभएर मानवताविरुद्धको अपराध हो, सो विज्ञप्तिमा भनिएको छ ।  हमलाले नागरिकको बाँच्न पाउने र आफ्नो परम्परा, धर्म र संस्कार अवलम्बन गर्न पाउने अधिकारमाथि हिंसात्मक रुपमा धावा बोलेको कुरा उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । 

अफगानिस्तानको राजधानी काबुलमा रहेको इराकी राजदूतावासमा भएको हमलाको एकदिन पछि यो हिंसात्मक आक्रमण गरी २९ जनाको ज्यान लिइएको छ । उक्त दूताबासमा भएको हमलामा परी दुई जना सर्वसाधारण नागरिकको ज्यान गएको थियो । दूताबासका अरु केही कर्मचारी घाइते भएका छन । 

हेरात नगरको एक मस्जिदमा भएको सो हमलामा परी केही बालबालिका पनि मारिएका छन । त्यस्तै महिला र बृद्धबृद्धाहरका शव पनि घटनास्थल परिपरि छरपस्ट अवस्थामा रहेका टेलिभिजनहरुले देखाएका थिए । सो हमलामा परी अरु कम्तीमा पनि ६० जना सर्वसाधारण घाइते भएका छन । घाइतेमध्ये कैयौँको अवस्था अत्यन्तै गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।  हमलामा दुई जना आत्मघाती हमलाकारीको हात रहेको छ । हमलाकारीमध्येका एकजनाको आफैले विस्फोट गराएको बमबाट ज्यान गएको छ भने अर्का एकलाई प्रहरीले गोली हानी मारेको थियो । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ