राजपालाई चुनावमा जान नदिन काँग्रेसले षडयन्त्र गरिरहेको थापाको आरोप
प्रकाशित २०७४ साउन १८ बुधबार
458
Shares
जनकपुरधाम । तेस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा राप्रपाको उत्साहजनक परिणाम प्रप्त हुने राप्रपाका अध्यक्ष कमल थापाले विश्वास व्यक्त गरेका छन्।
धनुषा जिल्ला कार्यसमितिको आयोजना गरेको पत्रकारसम्मेलनमा अध्यक्ष थापाले निर्वाचनलाई आफ्नो दलले उच्च प्राथमिताका साथ तयारी गरिहेको बताएका छन् ।
अध्यक्ष थापाले राजपालाई चुनावमा सहभागी गराउन सरकार र प्रतिपक्षी दलले वातावरण बनाउनु पर्ने बताएका छन् । नेपाली काँगेसले राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी हुन नपाओस् भनी षडयन्त्र गरिरहेको आरोप समेत लगाएका छन्।
संविधान संशोधनको विधेयक संसद्मा निर्णायार्थ प्रस्तुत हुन नदिन नेपाली काँग्रेस नियोजित रूपमा लागेका छ भन्दै उनले सविधान संशोधन विधेयक पारित गराउने बारेमा आफ्ना दलका सांसदको अनुपस्थित प्रसङ्ग नेपाली काँगे्रस र माओवादी केन्द्रको प्रोपोगण्डा हो । एक प्रसङ्गमा उनले आफ्नो दल सरकारमा नजानेसँग संविधान संशोधन विधेयकको कुनै सरोकार छैन भन्दै देउवा नेतृत्वको सरकारमा आफ्नो दल नजाने प्रस्ट पारेका छन् ।