arrow

चीनलाई आफ्नै विज्ञहरुको चेतावनी : भारतसँग दुस्मनी गरेर जीवनभर पछुताउने काम नगर

logo
प्रकाशित २०७४ साउन १८ बुधबार
india_sikkim_china1.jpg

काठमाडौं । भारत र चीनबीच पछिल्लो एक महिनादेखि देखिएको तनावको सम्बन्धमा चिनियाँ विज्ञहरुले भने चीन सरकारलाई नै चेतावनी दिएका छन् । उनीहरुले यो सीमाविवादलाई चीनको महत्वाकांक्षी परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’सँग जोडेर भारतसँगको दुस्मनी चीनको लागि आजीवन महंगो पर्नसक्ने चेतावनी दिएका हुन् । 

हङकङमा रहेका एकजना सैनिक विज्ञ एन्टोनी योङले चीनको पछिल्लो कठोरवादी नीति बढ्दै जाने हो भने नयाँदिल्लीसँगको सम्बन्ध चिस्सिँदै जाँने र यसबाट चीनलाई नै समस्या पर्ने चेतावनी उनीहरुले दिएका छन् । उनीहरुले यसबारे चीन आफैं सचेत हुनुपर्ने बताएका छन् । 

‘चीन अहिले मनोवैज्ञानिक युद्ध गरिरहेको छ .... । अहिले चिनियाँ स्थलसेनाले भारतसँग युद्ध गरेर परास्त गरेपनि भारतीय सेनासँग चिनियाँ सेनाले कहिलैपनि लड्नसक्ने छैन ।’ उनको यो भनाईलाई हङकङबाट प्रकाशित हुने साउथ चाईना मर्डिङ पोटष्ले प्राथमिकताका साथ छापेको छ । उक्त आलेखमा भारत चीनबीचको व्यापारिक विन्दू हिन्द महासागरलाई प्राथमिकता दिएकोछ । 

चिनियाँ स्थानीय सञ्ञ्चारमाध्यमहरुका अनुसार अहिले चीनले महत्वपूर्ण रुपमा इन्धनहरु आयात गर्ने गरेको छ । त्यसमा पनि ८० प्रतिशत भन्दा बढी तेल हिन्द महासागर र मलाक्काबाट आउने गरेको छ । त्यसो त भारत अन्य दक्षिणपू्र्वी एशियाका मुलुकहरु जस्तो चीनको प्रलोभन र दण्ड सजायको रणनीतिमा फस्ने मुलुक पनि होईन ।’ उनले भनेका छन् । त्यस्तै, चीनको महत्वाकांक्षी परियोजना रोड एण्ड बेल्ट परियोजनाका लागि भारतीय भूगोल मुटु जस्तै महत्वपूर्ण रहेकोछ ।

त्यस्तै, भारतले कुनै षड्यन्त्र गरेर मलाक्का र हिन्द महासागरबाट आउने तेल रोकिदियो भने के हुन्छ ? भन्ने प्रश्न पनि उनले गरेका छन् । सन सिहाई जो चाइनिज एसोसिएसन फर साउथ एसियन स्टडिजका सल्लाहकार पनि हुन् । उनको पनि सोही प्रकारको तर्क छ । पछिल्लो ३ दशकदेखि जारी राखिएको बेकारको सैन्य तनावका कारण भारतीयहरुमा समेत चीन विरोधी गतिविधि अगाडि बढेको बताए । 

‘यदी यसलाई जसरी हुन्छ समाधान गरिएन भने दक्षिण एशियामा चिनियाँ परियोजना वान बेल्ट वान रोडको माध्यमबाट चीनलाई दीर्घकालीन नोक्सानी हुनसक्छ । सिहाईले उसको भौगोलिक स्थितीका कारण पनि भारत वानवेल्ट वान रोडको एउटा महत्वपूर्ण साझेदार रहेको बताएका छन् । 

चीनले भारतलाई भड्काएर र थर्काएर होईन कि उसलाई फकाएर आफ्नो परियोजनामा ल्याउनुछ । किनभयो यो परियोजना चीनको लागि मात्रै होईन कि यो त भारत र चीन दुबैको लागि बराबर फाईदाको विषय हो । 

यसरी चिनियाँ विज्ञहरुले भारतसँगको युद्धले चीनलाई दीर्घकालीन असर गर्ने दाबी गरेको कुरा भारतको इकोनोमिक टाईम्सले प्रकाशन गरेको छ । तर चिनियाँ सञ्चारमाध्यमहरुले भने भारतको आफ्नै दूर्गुणका कारण चिनियाँ खतराको शिकार बनेको आरोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ