arrow

जिससमा काँग्रेस  माओवादी केन्द्र गठबन्धन विजयी

logo
प्रकाशित २०७४ साउन १८ बुधबार
jajarkot.png

जाजरकोट । जिल्ला समन्वय समिति जाजरकोटमा काँग्रेस माओवादी गठबन्धनले विजयी हासिल गरेको छ । 

संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र सह संयोजकमा नेपाली काँग्रेसका ज्ञानीप्रसाद शर्मा विजयी भएका हुन् । 

जिल्ला समन्वय समिति गठनका लागि बुधबार भएको निर्वाचनमा कुल १४ मतमध्ये रावलले आठ मत प्राप्त गरी विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गोरे कार्कीले ६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सदस्यहरुमा काँग्रेसबाट तेजविक्रम शाह, कल्दर सिंह, जनक बादी र जुनकिरी दमाईं तथा माओवादी केन्द्रबाट वीरबहादुर रावत, गरिमा शाही र सरस्वती वष्ट शाह निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले जानकारी दिए। 

जाजरकोटमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच गठवन्धन भएको थियो । दलीय सहमतिअनुसार दुई दलले गत आइतबार संयुक्त रुपमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका थिए । सहमतिअनुसार संयोजकसहित चार पदमा माओवादी केन्द्रले र सहसंयोजकसहित पाँच पदमा काँग्रेसले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका थिए । 

जिल्लाका सातवटा स्थानीय तहका प्रमुख उपप्रमुख गरी १४ जनाले जिल्ला समन्वय समितिको नौ पदका लागि मतदान गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ