arrow

इमरान खानले अश्लिन म्यासेज पठाउने गरेको उनकै पार्टी नेतृको आरोप

logo
प्रकाशित २०७४ साउन १८ बुधबार
imran-ayesha.png

एजेन्सी । पाकिस्तानको, पाकिस्तान तहरीक-इन्साफ पार्टी (पिटीआई) का अध्यक्ष इमरान खान माथि उनकै पार्टीकी एक महिला नेतृले गम्भिर आरोप लगाएकी छन् । आयशा गुलालई नामकी उक्त नेतृले इमरानलाई चरित्रहीन नेता भएको बताएकी छन् । उनले इमरानले पार्टीका अन्य महिला नेतालाई पनि अश्लील म्यासेज पठाउने गरेको खुलासा गरेकी छन् । आयशाको सो आरोप भएको भिडियो पनि सार्वजनिक भएको छ ।

इमरान खान माथि लैगिक हिंसाको आरोप लगाउदै आयशाले पार्टीको सदस्यता र राष्ट्रिय सभाबाट राजिनामा दिएकी छन् । आयशाले मंगलवार एक पत्रकार सम्मेलन आयोजना गर्दै  इमरान खान माथि सो आरोप लगाइन् । आयशा भनिन् - 'इमरानले मलाई यति अश्लील म्यासेस पाठाएका छन् कि म सबैको अगाडि सुनाउन पनि सक्दिन ।'


आयशाले सम्मेलनमा इमरान आफ्नासँग भन्दा अन्यसँग  जलनको भावना राख्ने बताइन् । साथै आयशाले खैबर-पख्तूनख्वाको पिटीआई सरकार र मुख्य मान्त्री परवेज खट्टक माथि पनि भ्रष्टचारको आरोप लगाइन् ।

तर पिटीआई नेता शिरीन मजारीले आयशाको आरोपको खण्डन गर्दै उनलाई पार्टीले चुनावमा टिकट नदिएकाले यस्तो आरोप लगाएको बताए ।  मजारीले भने - 'इमरान सबै महिलाहरुको इज्जत गर्दछन् ।'

आयशाले इमरान खान माथि सो आरोप लगाउदै नवाज सरिफ उनि भन्दा राम्रो व्यक्ति भएको बताइन् । सरिफको प्रशंसा गर्दै आयशाले भनिन् - 'नवाज चाहे भ्रष्टाचारको आरोप लागेका हुन् तर उनि इमरानको जस्तो चरित्रहीन छैनन् ।'

 पनामा पेपर प्रकरणमा  नाम आएपछि पाकिस्तानी सर्वोच्च अदालतले नवाज सरिफलाई अयोग्य ठहर गरेको थियो । अदालतको निर्णयपछि सरिफले पदबाट राजिनामा दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ