arrow

प्रतिनिधिसभाका लागि बनेको विधेयकले कसैलाई नोक्सान गर्दैन–गृहमन्त्री शर्मा

logo
प्रकाशित २०७४ साउन १८ बुधबार
janardan-sharma.jpg.jpeg

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७४ ले कुनै राजनीतिक दललाई निरुत्साहित नगर्ने बताएका छन् ।

मन्त्री शर्माले ऐनमा भएका व्यवस्थाहरु विधेयकमा समावेश गरिएको र छलफलका क्रममा आउने निष्कर्षको आधारमा विधेयक परिमार्जन गर्न सकिने समेत बताए । संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

निष्पक्ष रुपमा निर्वाचन गर्न आवश्यक पर्ने सैद्धान्तिक मान्यताहरुलाई मध्यनजर गरेर विधेयक तयार पारिएकाले महिला, अल्पसंख्यक, आदिवासी जनजाति, थारु, दलित, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा पीछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित हुनेमा आफु विश्वस्त रहेको मन्त्री शर्माले बताए ।

तोकिएको समयमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न विधेयक प्रस्तुत गरिएको बताउँदै मन्त्री शर्माले सांसदहरुले राखेका संशोधनबारे समितिमा दफावार छलफल गरेर मात्रै निष्कर्षमा पुग्न सकिने धारणा राखे । यस्तै छलफलमा सांसदहरुले विभिन्न विचारहरु राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ