पहिरोले पात्लेखेत गाउँ जोखिममा तीन घर पूर्णरुपले विस्थापित
प्रकाशित २०७४ साउन १९ बिहिबार
512
Shares
बेनी । बेनी नगरपालिका पात्लेखेतमा पहिरोले जनजीवन अस्तव्यस्त पारेको छ । धेरै बर्षदेखि पीडामा रहेका पात्लेखेतवासीलाई बुधबार राति परेको भारी वर्षाले अझ ठूलो क्षति गरेको छ ।
भारी बर्षाले तीन घरमा पुर्ण क्षति पुगेको छ भने ५० भन्दा बढी घर जोखिम मा छन । बान्द्रे र पाखा खेत नामको २ पहिरोले पात्लेखेतलाई पुरै जोखिममा पारेको हो ।
लालबहादुर हमाल , हरि गर्बुजा र थबिलाल गर्बुजाको घरमा पूर्ण रुपले क्षति गर्दा परिवार नै विस्थापित भएको छ ।
पीडितलाई तत्काल राहत दिन संवन्धित निकायमा ध्यानाकर्षण गराइएको नेपाली काँग्रेसका स्थानीय नेता भरतबहादुर रकालले जनाएका छन् ।
१० घर उच्च जोखिममा छन् । घटनाको छानबिन गर्न वडाका जनप्रतिनिधि र प्रहरीबाट अनुगमन भए पनि तत्काल राहत पाउन मुस्किल हुने भएकाले तत्काल राहत र सहयोगका लागिसमेत पीडितले आग्रह गरेका छन् ।