arrow

बालबालिकालाई ‘अनलाइन गेम’ नखेलाउन चेतावनी

logo
प्रकाशित २०७४ साउन १९ बिहिबार
gem.jpg

बेइजिङ । प्राथमिक र माध्यामिक तहको विद्यालयमा बालबालिकालाई अनलाइन वा मोबाइल गेम नखेलाउन चीनको शिक्षा मन्त्रालयले बुधबार चेतावनी दिएको छ । 

मन्त्रालयले गर्मी बिदाका बेला बालबालिकालाई यस्तै खेलहरूमा भुलाउने गरेकाले त्यस्तो नगरी अन्य विकल्प अपनाउन पनि आग्रह गरेको छ । अनावश्यक तथा खराब अनलाइनबाट समेत बालबालिकलाई टाढा राख्न मन्त्रालयले सुझाव दिएको छ । 

बालबालिकालाई बिदाको बेलामा थप शुल्क लिएर थप कक्षा सञ्चालन गर्ने कार्य पनि ठिक नभएको शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ । 

बिदा वा फुर्सदको बेलामा बालबालिकालाई सामाजिक गतिविधिहरू, कृषिजन्य कार्य, स्वयमसेवी काम आदिमा लगाउनु उपयुक्त हुने मन्त्रालयको भनाई छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ