दुई तहको निर्वाचन एकै पटक हुनुपर्छः उपाध्यक्ष रावल
प्रकाशित २०७४ साउन १९ बिहिबार
190
Shares
चितवन। नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एकै पटक दूई तहको निर्वाचन गर्नु पर्ने बताएका छन् ।
प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारित समयमा प्रतिवेदन बुझाएर एकैपटक दुई तहको निर्वाचन गर्नुपर्ने विचार व्यक्त गरेका हुन्।तेस्रो चरणको चुनावमा पनि एमाले पहिलो पार्टी बन्ने भन्दै तराईका अन्य जिल्लाका जनताले यसको पुष्टी गरिसकेको बताएका छन्।
फरक प्रसङगमा नेता रावलले भरतपुरका जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको र अहिले पनी जिताउने विश्वास व्यक्त गरेका छन्