arrow

भारतको जीएसटी काउन्सिलका सुपरीवेक्षक भ्रष्टाचारको आरोपमा सिबिआईबाट पक्राउ

logo
प्रकाशित २०७४ साउन १९ बिहिबार
money8-1-1-1.jpg

नयाँ दिल्ली । भारतको भर्खरै स्थापित जीएसटी काउन्सिलका सुपरिवेक्षक सिबीआईद्वारा पक्राउ परेका छन् । उनका निकटस्थ सहयोगीको सहयोगमा जीएसटी काउन्सिलका सुपरिवेक्षक मनिस मलहोत्रालाई बिहीबार साँझ भारतको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको फाईनान्सियलल एक्सप्रेसले जनाएको छ । जीएसटी काउन्सिलबाट पक्राउ पर्ने उनी पहिलो कर्मचारी हुन् । 

उनलाई पदीय मर्यादा विपरित रहेर निजी क्षेत्रसँग अनावश्यक लाभ लिई राज्यलाई हानी पुर्याएको आरोप लगाईएको छ । सुपरीवेक्षक भनेको जीएसटीको कर्मचारी बृत्तमा छैटौं स्थानमा पर्ने पद हो । भारत सरकारले एक महिना अघि सुरु गरेको जीएसटी प्रणालीमा नै नयाँ भ्रष्टाचारको जालो बुनिन थालेको यो घटनासँगै स्पष्ट भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ