चिनियाँ राजदूत र भौतिक योजना मन्त्री बलायरबीच भेट, के–के भए कुरा ?
प्रकाशित २०७४ साउन १९ बिहिबार
586
Shares
काठमाडौं । भौतिक योजना तथा पूर्वाधार मन्त्री वीरबहादुर बलायर र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच शिष्टाचार भेट भएको छ ।
मन्त्रालयमा भएको भेटमा दुबैबीच दुई देशको सम्बन्ध विस्तारका विषयमा छलफल भएको बताइएको छ । भेटमा राजदूत होङले नेपाल चीनको पूरानो र असल छिमेकी भएकाले सहयोगका लागि कुनै कसर बाँकि नराख्ने बताइन् । उनले भनिन्, ‘चिनियाँ लगानीमा निर्माण भइरहेका जति पनि आयोजना छन्, ती समयमै सम्पन्न हुन्छन् ।’
यस्तै, उनले स्वाफ्रुबेसी–रसुवा सडकको काम छिट्टै सुरु हुने जानकारी दिएकी छन् । भेटमा मन्त्री बलायरले चिनियाँ सहयोगका लागि धन्यवाद दिए । मन्त्री बलायरले चीन असल छिमेकी भएकाले चीनबाट नेपालले सहयोगको धेरै अपेक्षा राख्ने बताए । उनले, दोस्रो फेज अन्तर्गतको अरनिको राजमार्ग मर्मतसम्भारका लागि अनुरोध गरे ।
गोरखा भूकम्पपछि अरनिको राजमार्ग भताभूङ्ग भएको छ । मन्त्री बलायरले दुई देशबीचका आवश्यक छलफल र समझदारीका लागि नेपाल सदैव तयार रहेको विश्वास दिलाए ।