arrow

जनकपुर पुगेर देउवाले भने– संविधान संशोधन प्रस्ताव पारित गराएरै छाड्छु

logo
प्रकाशित २०७४ साउन १९ बिहिबार
deuba-new.jpeg

जनकपुरधाम । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले मधेसी जनताको भावनानुरूप काँग्रेसले संसद्मा प्रस्तुत गरिएको संविधान संशोधनको प्रस्ताव पारित गराएरै छाड्ने बताएका छन् ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचन सन्दर्भमा काँग्रेस केन्द्रीय समिति र जिल्ला कार्यसमिति धनुषाद्वारा आयोजित २ नं का प्रादेशिक कार्यकर्ता भेलालाई सम्बोधन गर्दे देउवाले मधेसले नै काँग्रेसलाई बचाएको र मधेसले नै काँगेसलाई जिताएको इतिहासलाई जीवन्त राख्न तेस्रो चरणको निर्वाचनमा काँग्रेसले अग्रता लिनैपर्नेमा जोड दिए ।


प्रधानमन्त्री देउवाले हुलाकी राजमार्गलाई पूर्णता दिने सन्दर्भमा आफ्नो भारत भ्रमणमा भारतीय सरकारलाई आग्रह गर्ने बताउँदै नागरिकता, पूर्वपश्चिम रेल्वे, द्रुतमार्ग र निजगढमा विमानस्थल जस्ता विषय छिट्टै टुङ्ग्याइने जानकारी दिए ।

प्रधानमन्त्री देउवाले मधेसको माग सम्बोधनअन्तर्गत थुनिएकालाई छाड्ने र मुद्दा फिर्ता लिने कार्यलाई मूर्तता दिने प्रयास जारी रहेको बताए ।  देउवाले निर्वाचन जित्ने उम्मेदवारको सिफारिस गर्न जिल्ला कार्यसमितिलाई निर्देशन पनि दिए । उनले नेकपा एमालेले पहाडी राष्ट्रवादको नारा अघि सारेर समाजमा विभाजन र मनोमालिन्य उत्पन्न गर्न उद्यत देखिएको भन्दै त्यसबाट सजग रहन आग्रह गरे ।

जनतासँग घुलमिल भएकालाई उम्मेदवार बनाउनुपर्ने
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा तेरो र मेरो भावनालाई जित्न सकिने बताउँदै जनतासँग घुलमिल भएकाहरुलाई उम्मेदवार चयन गरी एकताबद्ध भएर निर्वाचन अभियानमा लाग्न आग्रह गरे ।

महामन्त्री डा शशांक कोइरालाले काँग्रेसलाई काँग्रेसले नै हराउने गरेकामा त्यसप्रति सजग रहनु जरूरी छ, भने । कोषाध्यक्ष सीतादेवी यादवले संविधान संशोधनको विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नुपर्ने औँल्याए ।

पूर्वमहामन्त्री विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले साउनभरमै उम्मेदवारको छनोटमा जोड दिए। केन्दीय सदस्य एवम् कृषिमन्त्री रामकृष्ण यादवले उम्मेदवार चयनमा गुट उपगुट बनाउने जस्ता क्रियाकलाप नगर्न आग्रह गरे ।

केन्द्रीय सदस्य एवम् खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव र केन्द्रीय सदस्य एवम् श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरलेले एमालेले भ्रमको खेती गरिरहेको आरोप लगाए ।

केन्द्रीय सदस्य प्रदीप गिरीले केपी शर्मा ओली विभाजनकारी र सिके राउत विखण्डनवादी भएको आरोप लगाए । भेलामा पूर्वकोषाध्क्ष चित्रलेखा यादव तथा केन्द्रीय सदस्य कल्याण गुरूङ, अजयकुमार चौरसिया, आनन्दप्रसाद ढुङ्गाना, उमाकान्त चौधरी र रमेश रिजालले नेताहरूले मनबाट लोभ हटाई निर्वाचन अभियानमा लागेमा काँग्रेसलाई कसैले पनि हराउन सक्दैन, भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ