arrow

नदीको दोभानमा थुनिएका २७जनाको उद्धार

logo
प्रकाशित २०७४ साउन २० शुक्रबार
suklafata_kanchanpur.png

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ चिउरी खोलाको दोभानमा थुनिएका २७ जनाको गएराति अबेर उद्धार गरियो । गोठाला गएकाहरु निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव उच्च भएपछि थुनिएका थिए । 

वडाध्यक्ष जगतबहादुर सिंह, जेपी स्पोर्टस् क्लबका पदाधिकारी र सशस्त्र प्रहरी सहितको टोलीले थुनिएकाको चार घण्टाको पछि सकुशल उद्धार गरेको जेपी स्पोर्टस् क्लबका अध्यक्ष दीपक भट्टले बताए । खोलाको दोभानमा थुनिएका गोठालाले घरमा फोनमार्फत जानकारी दिएपछि वडाध्यक्ष सहितको टोली उद्धारका लागि पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ