बझाङ । लगातार परेको बर्षाका कारण बझाङ बाढी र पहिरोमा परी दुईजनाको मृत्यू भएको छ भने एक जना गम्भीर घाईते भएको छन् । खप्तड छान्ना गाँउपालिका १ खातीगाउँका ३४ वर्षका दिपक खाती शुक्रबार पहिरोमा परी बेपत्ता भएका छन् । यता सुर्मा गाँउपालिका ४ घरभएका वर्ष ३२ का शेर बहादुर बोहरा लाई बाउली खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समिती अन्र्तगत सञ्चालन भएको स्थानीय सामुदायिक बिकास कार्यक्रमका सामाजिक परिचालक समेत रहेका दिपक खाती छान्ना कालुखेती हुने बैठकमा घरबाट गई रहेका बेला पसलबगर स्थित झुलढङ्गा निर पहिरो आउँदा पुरिएका हुन् ।
सोही पहिरोले जडारीगाड खोलाको किनारमा जाल खेलिरहेका खप्तड छान्ना गाउँपालिका २ का वर्ष ३८ का चन्द्र कठायत गम्भीर घाईते भएका छन् । कठायतको जिल्ला अस्पताल बझाङमा उपचार भई रहेको छ । पहिरोमा परी बेपत्ता भएका खातीको अहिलेसम्म लास भेटाउन सकिएको छैन् ।